महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न

राम्रो अनलाइन     १७ चैत २०७७, मङ्गलबार
महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न

महालक्ष्मी विकास बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले चैत १३ गते शुक्रबार भिडियो कन्फरेन्समार्फत सभा गरेको हो ।
साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीलाई बैंकको आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट ८ दशमलव ८ प्रतिशतका दरले बोनस शेयर तथा शून्य दशमलव ४६ प्रतिशत नगद लाभांश बोनस शेयरमा लाग्ने कर प्रयोजनसमेत गरी  ९ दशमलव २६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले मर्जर तथा प्राप्तिलाई खुला राख्दै त्यसबारे निर्णय लिने जिम्मा सञ्चालक समितिलाई दिएको छ ।
हाल बैंकले १०३ शाखा तथा ३४  एटिएममार्फत सेवा दिँदै आएको छ । 

प्रतिक्रिया