म आगामी पुस्ताका लागि एक प्रेरणादायी बन्न चाहन्छु : आश्रीया थापा

राम्रो अनलाइन     २३ साउन २०८२, शुक्रबार
म आगामी पुस्ताका लागि एक प्रेरणादायी बन्न चाहन्छु : आश्रीया थापा

आफूलाई सधैँभरि खुलेर प्रस्तुत गर्न रुचाउने आश्रीया नेतृत्व तथा नेपाली पहिचानलाई आत्मसात गर्दै, अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो संस्कृतिलाई गर्वका साथ प्रतिनिधित्व गर्न मिस नेपालमा सहभागी भएकी हुन् । उनको विचारमा मिस नेपालमार्फत आश्रीया  महिलाहरूलाई नेतृत्व गर्न, प्रेरणा दिन र अर्थपूर्ण परिवर्तन ल्याउन सशक्त बन्न भूमिका खेल्नेछिन् । 

उनी भन्छिन्,‘मैले मिस नेपालमा सहभागिता जनाउनुको कारण यो एउटा त्यस्तो मञ्च हो जसले महिलाहरूलाई नेतृत्व गर्न, प्रेरणा दिन र अर्थपूर्ण परिवर्तन ल्याउन सशक्त बनाउनुका साथै यो केवल सौन्दर्य प्रतियोगिता मात्र होइन, यो नेतृत्व, वकालत, र व्यक्तिगत विकासका लागि एक सशक्त मञ्च हो । त्यसैले सहभागी भएकी छु ।’ 

यस्तै उनी मिस नेपालको क्राउनमात्रै उनको उद्देश्य नभई यस बाहेक पनि लामो रहेको बताउँछिन् । ‘म विविध दृष्टिकोणहरूसँग संवाद गर्न,  मेरो बोल्ने क्षमतालाई अझ सशक्त बनाउन चाहानुका साथै मेरो नेपाली पहिचानलाई आत्मसात गर्दै, अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो संस्कृतिलाई गर्वका साथ प्रतिनिधित्व गर्ने अवसर हो । म आगामी पुस्ताका लागि एक प्रेरणादायी नमुना बन्न चाहन्छु र मेरो लागि मिस नेपाल भनेको इमानदारीका साथ नेतृत्व गर्ने, अरूलाई सशक्त बनाउने, र परिवर्तनको सपना मात्र देख्ने नभई त्यसलाई वास्तविकतामा बदल्नका लागि क्रियाशील भएर काम गर्ने जिम्मेवारी समेत हो ।’ 

 

प्रतिक्रिया