धन आर्जन गर्न लगानीसँगै कडा मेहनत आवश्यक पर्छ । आफूले गरेको जुनसुकै व्यवसायलाई आफ्नो कर्मथलो मानेर निरन्तर परिश्रम गर्दा र समय दिन सक्दा मात्र पैसा कमाउन सकिन्छ । व्यवसायीमा जोखिम लिने क्षमता हुनुपर्छ । हरहिसाबमा पोख्त हुनुपर्छ । आफू कुन ‘पोजिसन’मा छु भन्ने ज्ञान हुनुपर्छ । त्यसपछि मात्र व्यवसायबाट धन आर्जन गर्न सकिन्छ । लप्पनछप्पन र ठगी गरेर कोही पनि उद्योगी तथा व्यवसायी सफल हुन सक्दैन । स्वच्छ तरिकाले व्यवसाय गर्दा नै सफल हुन सकिन्छ भन्ने मान्यतालाई दृढतापूर्वक आफूमा लागू गर्नुपर्छ ।