काठमाडौं : सानिमा बैंक लिमिटेडले ललितपुरको इमाडोल महालक्ष्मीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाट बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले विस्तार गरिएको बैंकको शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बताए ।
सानिमा बंैकले हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टर र ८३ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।