लक्ष्मी बैंकको नयाँ वर्ष अफर : ओरेन्ज सेभिङ प्लस खातामा ४.५ प्रतिशत ब्याज

राम्रो अनलाइन     ०८ वैशाख २०७८, बुधबार
लक्ष्मी बैंकको नयाँ वर्ष अफर : ओरेन्ज सेभिङ प्लस खातामा ४.५ प्रतिशत ब्याज

लक्ष्मी बैंकले नयाँ वर्ष २०७८ सालको अवसरमा आफ्ना ग्राहकका लागि ४.५ प्रतिशत ब्याज दरसहितको अन्य आकर्षक सुविधा भएको बचत खाता सञ्चालनमा ल्याएको  छ ।

बैंकका अनुसार प्रिमियम बचत खाता ओरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब ४.५ प्रतिशत वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

ओरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले १ लाख रुपैयाँसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्‍यु/अक्षमता बिमा सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।

डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि नि:शुल्क जारी गर्नुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भर कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभर ओरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकले लक्ष्मी  बैंकको प्रि-पेड डलर कार्ड ‘ओरेन्ज कार्ड’  नि:शुल्क प्राप्त गर्नेछन् । सो अफर ओरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि ल्याइएको विशेष खाता “शुभश्री लक्ष्मी बचत खाता” मा पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशतको उच्च ब्याज दर प्रदान गरिरहेको बैंकले जनाएको छ।

 

प्रतिक्रिया