काठमाडौं – लायन्स क्लब अफ काठमाडौं निर्वानाको अध्यक्षमा सन् २०२६/२०२७ का लागि राजनराज खनाल चयन भएका छन् । क्लबको वार्षिक साधारणसभाबाट खनाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष खनाललले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । क्लबका चार्टर प्रेसिडेन्ट लायन भोजराज न्यौपाने, इमिडिएट पास्ट प्रेसिडेन्टहरू लायन हरि मैनाली र लायन कर्ण विश्वकर्मा तथा वरिष्ठ डिस्ट्रिक्ट डिपार्टमेन्ट कोअर्डिनेटर लायन जगन्नाथ पुडासैनीलाई धन्यवाद दिए ।
उनले क्लबमार्फत सामाजिक सेवा, मानव कल्याण तथा समुदाय विकासका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको बताइएको छ ।