कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० हजार नजिक 

राम्रो अनलाइन     २२ साउन २०७८, शुक्रबार
कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० हजार नजिक 

काठमाडौं : कोरोना संक्रमणबाट १४ महिनामा करिब १० हजार जनाले ज्यान गुमाएका छन् । बिहीबारसम्म ७ लाख ७३ हजार ८ सय ६० जनालाई संक्रमण पुष्टि भएकामा ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ हजार ६ सय ४० जना पुरुष छन् । 

कोरोनाबाट प्रदेश १ मा १ हजार ३ सय ९८, प्रदेश २ मा ७ सय ४७, वाग्मतीमा ४ हजार २ सय ६६, गण्डकीमा १ हजार ९८, लुम्बिनीमा १ हजार ६ सय १७, कर्णालीमा ४ सय २४ र सुदूरपश्चिममा ४ सय ४४ जनाको मृत्यु भएको छ । 

नेपालमा कोरोनाबाट मृत्यु हुने दर भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी छ । नेपालमा मृत्युदर १ दशमलव ५ प्रतिशत रहेको छ । भारतमा मृत्युदर १.३, भुटानमा ०.१, माल्दिभ्समा ०.३, श्रीलंकामा १.४ रहेको छ । 

प्रतिक्रिया