काठमाडौं महानगरले टेलिभिजन सञ्चालन गर्ने

राम्रो अनलाइन     ११ असार २०८०, सोमबार
काठमाडौं महानगरले टेलिभिजन सञ्चालन गर्ने


काठमाडौं– आगामी आर्थिक वर्षमा काठमाडौं महानगरले टेलिभिजन सञ्चालन गर्ने भएको छ। आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को महानगरको बजेट भाषण गर्दै उपमेयर सुनिता डंगोलले महानगर  टेलिभिजन स्थापना गर्ने बताएकी हुन्। 

बजेट प्रस्तुत गर्दै उनले भनिन्,  ‘महानगर टेलिभिजन स्थापना गर्नका लागि पाँच करोड रकम बजेट विनियोजन गरेको छु।’ 

टेलिभिजनका लागि पाँच करोड रकम विनियोजन गरिएको छ। यसअघि महानगरले मेट्रो एफएम सञ्चालन गर्दै आएको थियो।  महानगरले पहिलोपल्ट बजेटमा टेलिभिजन सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो। 

प्रतिक्रिया