काठमाडौं–फ्रान्समा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करणसुरु भएको छ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ ।

फ्रान्सको भइरहेको ७८औं क्यान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘मिसनः इम्पोसिबल – द फाइनल रेकनिङ’ फिल्मको प्रिमियरमा सहभागी हुँदै पुग्दा वान चिएन्हुई ।
यसवर्षको कान्समा केही खास आकर्षण हुनेछन् । विश्वचर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंखला ‘डेड रेकोनिङ’को वर्ल्ड प्रिमियरमा सहभागी हुन टम क्रूज रेडकार्पेटमा सहभागी हुनेछन् ।
महोत्सव फ्रान्सेली कमेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुनेछ । फ्रान्सेली अभिनेत्री जुलिएट बिनोचेले मुख्य प्रतिस्पर्धा विधामा जजको भूमिका निर्वाह गर्नेछिन् । अभिनेता रोबर्ट डी निरोले मानार्थ पाम डी’ओर प्राप्त गर्ने छन् ।

फ्रान्सको भइरहेको ७८औं क्यान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘मिसनः इम्पोसिबल – द फाइनल रेकनिङ’ फिल्मको प्रिमियरमा सहभागी हुँदै हाइडी क्लुम (बायाँ) र टम काउलिट्ज ।
स्कारलेट जोहान्सन, क्रिस्टिन स्टुवार्ट, ह्यारिस डिकिन्सनजस्ता विश्वप्रसिद्ध स्टारले निर्देशनमा डेब्यु गरेका फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा स्क्रिनिङ हुनेछन् ।
महिला निर्देशित १६ फिल्म आधिकारिक छनोटमा समावेश छन्, जुन लाइनअपको लगभग २८.५ प्रतिशत हो । यो तथ्यांक अघिल्लो वर्षको २३.७ प्रतिशत भन्दा बढि हो, जसले महोत्सवमा महिला फिल्म निर्माताको समावेशीकरणतर्फको सकारात्मक प्रवृत्तिलाई प्रतिबिम्बित गर्दछ ।

फ्रान्सको भइरहेको ७८औं क्यान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘मिसनः इम्पोसिबल – द फाइनल रेकनिङ’ फिल्मको प्रिमियरमा सहभागी हुँदै ट्रामेल टिलम्यान, निर्देशक क्रिस्टोफर म्याक्वारी, ह्यान्ना वाडिङ्ह्याम, र एन्जेला बासेट ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी फिल्ममा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको पृष्ठभूमिमा कान्स हुन लागेको हो । ट्रम्पको उक्त घोषणाले कान्सको बजारलाई कसरी प्रभावित तुल्याउँछ भन्ने प्रश्नहरू बाँकी नै छन् ।
प्रतिस्पर्धामा छनोट नभएपनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो ।

फ्रान्सको भइरहेको ७८औं क्यान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘मिसनः इम्पोसिबल – द फाइनल रेकनिङ’ फिल्मको प्रिमियरमा सहभागी टम क्रुज, पोम क्लेमेंटिएफ, हेली एटवेल, र हान्नाह वाडिङह्याम फोटोग्राफरहरूका लागि पोज दिँदै।
यसवर्षको कान्स मार्केटमा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । यो फिल्मका निर्देशक प्रदीप शाह कान्सको प्रड्युसर्स नेटवर्कको कार्यक्रममा सहभागी हुनेछ । यो फिल्मका केही कलाकार पनि कान्समा सहभागी हुने अपेक्षा गरिएको छ ।

फ्रान्सको भइरहेको ७८औं क्यान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा एडिटर एडी ह्यामिल्टन, हेली एटवेल, ग्रेग टार्जन डेविस, एन्जेला बासेट, टम क्रुज, पोम क्लेमेन्टिफ, निर्देशक क्रिस्टोफर म्याकक्वारी, साइमन पेग, एसाई मोरालेस र लेखक एरिक जेन्ड्रेसन ‘मिसनः इम्पोसिबल – द फाइनल रेकनिङ’ फिल्मको प्रिमियरमा सहभागी भएर फर्किने क्रममा फोटोग्राफरहरूका लागि पोज दिँदै।
बलिउड अभिनेत्री आलिया भट्टले लोरियल पेरिसको प्रवर्धनको लागि कान्स रेडकार्पेटमा डेब्यु गर्न लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । ‘ट्याक्सी ड्राइभर’ले शीर्ष पुरस्कार पाम दे ओर जितेको झण्डै ५ दशकपछि हलिउड स्टार रोबर्ट डी निरोले मानार्थ पाम दे ओर प्राप्त गर्दैछन् ।

फ्रान्सको भइरहेको ७८औं क्यान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा एन्डी म्याकडाउल, बायाँतिर, टम कौलिट्ज, अराया ए. हार्गेट, एन्डी म्याकडाउल, र इवा लोंगोरिया ‘मिसनः इम्पोसिबल – द फाइनल रेकनिङ’ फिल्मको प्रिमियरमा सहभागी हुँदै ।

फ्रान्सको भइरहेको ७८औं क्यान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अरया हारगेट ‘मिसनः इम्पोसिबल – द फाइनल रेकनिङ’ फिल्मको प्रिमियरमा फोटोग्राफरहरूका लागि पोज दिँदै।

फ्रान्सको भइरहेको ७८औं क्यान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पॉम क्लेमेंटिफ, बायाँतिर हेली एटवेल, र हन्नाह व्याडिंगहम ‘मिशनः इम्पोसिबल – द फाइनल रेकनिङ’ फिल्मको प्रिमियर पछि फोटोग्राफरहरूसँग तस्वीर खिचाउँदै ।