जोय मोडल हन्ट नेपालको ताज रोनिश र आयुष्मालाई 

राम्रो अनलाइन     १४ पुस २०८०, शनिबार
जोय मोडल हन्ट नेपालको ताज रोनिश र आयुष्मालाई 


काठमाडौँ– जोय ‘मोडल हन्ट नेपाल २०२३’ को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले जितेका छन् । काठमाडौँका खड्गीले १५ प्रतियोगीलाई पछि पार्दै मेल तथा पर्वतकी पौडेलले २१ प्रतियोगीलाई पछि पार्दै फिमेल तर्फको उपाधि चुमेका हुन् ।

शुक्रबार साँझ होटल सोल्टिमा आयोजित एक भव्य समारोहका बिच सम्पन्न प्रतियोगितामा मेलतर्फ लक्की राणा पहिलो फष्ट रनरअप र शौनाक मल्ल सेकेन्ड रनरअप बन्दा फिमेलतर्फ रिया मेहता फष्ट रनरअफ र मोनिका बुढाथोकी सेकेन्ड रनरअप घोषित भए ।

नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको प्रतियोगितामा मोस्ट पपुलर छिरिङ फुंस्टोक गुरुङ र मोनिका बुढाथोकी, फोटो जेनिक रिया मेहता र सोहज खान, कमर्सियल मोडल लक्की राणा पहिलो र क्रिस्टिना ढुंगाना, पब्लिक च्वाइस  रोनिश खड्गी र सहारा केसी, बेष्टवाक आवाज कार्की र सुजल बम,  मोस्ट स्टाइलिस लिसा बर्नवाल, आंसुतोष थापा, बेष्ट पर्सनालिटी सुनिल अधिकारी र अनिसा मैनाली, फिटनेश मोडल रोनिश खड्गी, बेष्ट फिगर मेधना श्रेष्ठ भए । प्रतियोगितामा स्पेशन रिकगननेसन अवार्ड सुजल बम र सोनिया तामाङ (भिन्न क्षमताको सहभागी) ले प्राप्त गरे ।

प्रतिक्रिया