जीशु कोइराला अभिनित म्युजिक भिडियो ‘सल्लेरी पाखाहरू...’ सार्वजनिक 

राम्रो अनलाइन     ११ फागुन २०८०, शुक्रबार

मोडल जीशु कोइराला र मोडल दिक्पाल कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सुरेन गौतमको गीत ‘सल्लेरी पाखाहरू...’ को म्युजिक भिडियोमा जीशुले तारिफ गर्न लायक अभिनय गरेकी छिन् । रातो र निलो आटफिट लगाएकी उनी निकै सुन्दर देखिएकी छिन् । क्यानडामा हुर्केकी जीशु कोइराला चितवनको भरतपुरस्थित मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छिन् । उनले मोडलिङ र अभिनयलाई पनि एक साथ अगाडि बढाइरहेकी छिन् । भविष्यमा चिकित्सक र अभिनेत्री बन्ने उनको लक्ष्य छ । उनले पहिलो पटक अभिनय गरेको गीत हो लाजले छोपेको (हेर्ने हो र देखाईदिम) हो। यो गीत दर्शकहरूले धेरै नै मन पराए । यो गीतमा जीशुले चर्चित मोडेल पुष्प खडकासँग अभिनय गरेकी छिन । पहिलो गीतमा नै उनले उत्कृष्ट अभिनय गरेपछि दर्शकले उनलाई नोटिस गरे र म्युजिक भिडियोका मेकरहरूले उनलाई स्थान दिन थाले । जसको कारण उनको चर्चा बढ्यो । उनले अहिलेसम्म करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया