इन्धनबाट ७४ अर्ब राजस्व संकलन 

राम्रो अनलाइन     १६ चैत २०७९, बिहिबार
इन्धनबाट ७४ अर्ब राजस्व संकलन 

काठमाडौँ- पेट्रोलियम पदार्थबाट ७४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालु आर्थिक वर्षको ९साउन–फागुुन० आठ महिनामा इन्धन आयात गरेर ७४ अर्ब ६८ करोड ५३ लाख  ३४ हजार ७१५ रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा एक खर्ब ९७ अर्ब ४८ करोड ७२ लाख ३० हजार रुपियाँ बराबरको  १८ लाख २१ हजार ५८६ किलोलिटर इन्धन आयात गरेर राजस्व सङ्कलन भएको हो । इन्धन आयात घटेकाले राजस्व सङ्कलनमा कमी आएको निगमले जनाएको छ । अघिल्लो वर्षको तुलनामा राजस्व सङ्कलनमा १७ प्रतिशतले कमी आएको निगमले जनाएको छ । 

डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल र खाना पकाउने एलपी ग्यास आयात गरेर राजस्व सङ्कलन भएको हो । निगमका अनुसार आठ महिनामा इन्धन आयात गरेर भन्सार शुल्कबापत २४ अर्ब ४८ करोड रुपियाँ, मूल्य अभिवृद्धिकर ९भ्याट० बापत ३१ अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै पूर्वाधार विकास कर ९बूढीगण्डकी०बापत १३ अर्ब २९ करोड, सडक मर्मत शुल्कबापत तीन अर्ब ६० करोड र वातावरण शुल्कबापत दुई अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । प्रत्येक महिना इन्धन आयात गरेबापत भन्सार विन्दुमा राजस्व सङ्कलन हुनेगर्छ । निगमका अनुसार चालु आवको आठ महिनामा आठ लाख ५९ हजार ६९ किलोलिटर डिजेल, चार लाख ६९ लाख ७६० किलोलिटर पेट्रोल, एक लाख २४ हजार ८४५ किलोलिटर हवाई इन्धन, सात हजार ३७६ किलोलिटर मट्टीतेल र तीन लाख ६० हजार ५३५ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ ।  

निगमका अनुसार प्रतिलिटर पेट्रोलमा कुल राजस्व ६२ रुपियाँ ९८ पैसा, डिजेलमा ४७ रुपियाँ ४१ पैसा, मट्टीतेलमा १३ रुपियाँ ७८ पैसा, हवाई इन्धनमा २३ रुपियाँ ९८ पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ३१४ रुपियाँ सङ्कलन हुने गर्छ । भन्सार बिन्दुमा सङ्कलन भएको राजस्व सरकारको खातामा जम्मा हुनेगर्छ ।

निगमका अनुसार भन्सार शुल्कबापत प्रतिलिटर पेट्रोलमा २५ रुपियाँ २२ पैसा, डिजेलमा १२ रुपियाँ, मट्टीतेलमा १२ रुपियाँ, हवाई इन्धनमा दुई रुपियाँ १० पैसा र ग्यासमा ९१ रुपियाँ ८२ पैसा सङ्कलन हुने गर्छ । मूल्य अभिवृद्धि कर ९भ्याट०बापत पेट्रोलमा २० रुपियाँ ८२ पैसा, डिजेलमा १९ रुपियाँ ७९ पैसा, हवाई इन्धनमा २१ रुपियाँ ८६ पैसा र ग्यासमा २०१ रुपियाँ सङ्कलन हुनेगर्छ । 

प्रतिक्रिया