इनारमा खसेकी महिलाको सकुशल उद्धार

राम्रो अनलाइन     ०३ फागुन २०८०, बिहिबार
इनारमा खसेकी महिलाको सकुशल उद्धार

काठमाडौँ–  काठमाडौंको नागार्जुनमा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ। बुधबार बिहान ७ बजे नागार्जुन नगरपालिका–४ बाफल महाडोल बस्ने ५० वर्षीय अन्जु सिंह काम गर्ने कम्रमा इनारमा खसेकी थिइन्।

काम गर्ने क्रममा इनारमा खसेकी ५० वर्षीय अन्जु सिंहलाई  नेपाल प्रहरीले सकुशल उद्धार गरेको हो। इनारमा खसेको भन्ने सूचना प्राप्त हुनासाथ विपद् व्यवस्थापन कार्यालय, सामाखुशीबाट आवश्यक उद्धार सामाग्रीहरू सहित प्रहरी टोली खटिई गई अ. १०० फिट गहिरो इनारबाट निजलाई जीवित उद्धार गरि उपचारको लागि मनमोहन अस्पताल पठाएको छ। 

अहिले उनको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया