ह्वात्तै बढ्यो सुनको भाउ, ताेलामा कति पुग्याे?

राम्रो अनलाइन     २५ मंसिर २०८१, मङ्गलबार
ह्वात्तै बढ्यो सुनको भाउ, ताेलामा कति पुग्याे?

 

काठमाडाैं – नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो।

मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ। अघिल्लो दिन सोमबार प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो।

प्रतिक्रिया