हतकडीसहित भागेका थुनुवा पक्रिन गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु

राम्रो अनलाइन     २८ फागुन २०८०, सोमबार
हतकडीसहित भागेका थुनुवा पक्रिन गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु

काठमाडौँ– जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिप्रका दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो ।

जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर पक्राउ परेका थिए। हिरासतमा रहेका २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजाने क्रममा हतकडीसहित भागेपछि उनलाई लखेट्दै गरेका चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । 

यसैबीच भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।


 

प्रतिक्रिया