काठमाडौं– हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार आज (सोमबार)देखि शुरु भएको छ ।
आज कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा भएको हो । सो कारोबारपछि कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सोमबार कम्पनीको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीको सेयरमा अधिकतम खरिदकर्ताहरु देखिएकाले मूल्य केही दिन बढ्ने अनुमान छ ।
प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।