हिमालयन बैंकले सुरु गर्‍यो एससीटी युनियन पे कार्ड सेवा

राम्रो अनलाइन     १४ वैशाख २०७८, मङ्गलबार
हिमालयन बैंकले सुरु गर्‍यो एससीटी युनियन पे कार्ड सेवा

 हिमालयन बैंक लिमिटेडले ‘हिमालयन एससीटी युनियन पे कार्ड’ सेवा सुरु गरेको छ । युनियन पेको सहकार्यमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सेवा शुभारम्भ गरेको हिमालय बैंकले जनाएको छ ।

बैंकका अनुसार सो कार्ड नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुने विश्वास बैंकले गरेको छ ।

हिमालयन बैंक लिमिटेडले एचबीएल युनियन पे एससीटीको ब्राण्डेड कार्ड आफ्ना ग्राहकहरुका लागि जारी गर्न सुरु गरेकोमा युनियन पेका प्रतिनिधिहरुले खुसी व्यक्त गरेका थिए ।

यूनियन पे तथा एससीटीसँग सहकार्य गरी ‘एचबीएल यूनियन पे एससीटी कार्ड’ सञ्चालनमा आएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले  खुशी व्यक्त  गरे । उनले नेपालको बैंकिङ क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे, भिसा जारी तथा स्वीकार गर्ने र छिटै डाइनर्स एण्ड डिस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक भएको जिकिर गरे ।

 

प्रतिक्रिया