थाईल्याण्डको राजधानी बैंककमा यही आउँदो नोभेम्बर ९ देखि १८ सम्म संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा हेरिटेज प्याजेन्टस्मा भाग लिन् मनिषा राजवंशी बैंकक प्रस्थान गरेकी छिन् । सो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशंसा बुढाथोकीले हेरिटेज जेम्स्को सिनियर विधामा, वसन्त लामिछानेले मिष्टर हेरिटेजमा, मनिषा राजवंशीले हेरिटेज पेटाइटमा, सुश्मिता श्रेष्ठले एमएस हेरिटेजमा र अलिशा लोले मिस हेरिटेज इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागिता जनाउन लागेका हुन् । उनीहरुले सबैलाई प्रमिला क्षेत्री नेपालका लागि नेसनल डाइरेक्टर रहेको संस्था प्रोमोटिङ सलुसनबाट सहभागिताको हेरिटेज प्याजेन्टस्मा सहभागिताका लागि अवसर प्राप्त गरेका हुन् ।

यस अघि सोही संस्थाको आयोजनामा सम्पन्न मोडल सुपरस्टार नामक प्रतियोगितामा वसन्त लामिछाने र प्रशंसा बुढाथोकी विजेताका रुपमा चयन भएका थिए । यस बाहेक हेरिटेज प्याजेन्टस्को फाइनल प्रतिस्पर्धाकै दिन अर्थात् १६ नोभेम्बरमा सम्पन्न हुने ग्राण्ड हेरिटेज् रनवेमा शिशिर लामिछाने मोडलका रुपमा सहभागिता जनाउने छन् फेसन डिजाइनर समिक्षा लामिछानेले आफ्ना सृजनालाई अन्तर्राष्ट्रियमा मंचमा प्रस्तुत गर्ने भएकी छिन् । सहभागी प्रतिस्पर्धीहरूमध्ये बसन्त लामिछाने र प्रशंसा बुढाथोकी मोडल सुपरस्टारका विजेता हुन् भने सुश्मिता श्रेष्ठ, एलिशा लो र मनिषा राजवंशी अर्गनाइजर च्वाइस विधाका विजेता हुन् । यसैगरी मोडलतर्फ सहभागी भएकाहरु शिशिर लामिछाने मोडल सुपरस्टारका विजेता हुन् ।

झापा बाह्रदशी गाउँपालिकाको वडा नम्बर ६ की मनिषाले सो कार्यक्रममा नेपाल र राजवंशी जातिको पोशाक तथा कला संस्कृतिको प्रस्तुती गर्ने छिन् । मनिषा आफ्नो समूदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण यो क्षेत्रमा केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको बताउँछिन् ।

समाजशास्त्रमा एमए गरेकी उनी शिक्षिका हुन् । सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी उनले सन् २०२१ मा मिस डिभाको वीनर भएकी थिइन् । ‘म मोडलिङमा यसो ट्राइ गरौँ न भनेर मात्र आएकी होइन्, मनिषा भन्छिन्, ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भनेर स्थापित गर्न यो क्षेत्रमा लागेकी हुँ ।’ प्रतियोगिताहरूमा भाग लिँदा आफूलाई निकै नै ग्रुम गर्न सकिएको उनको अनुभव छ । फोटोजेनिक फेस भएकी उनका आँखा निकै सुन्दर देखिन्छन् । तस्बिरमा आकर्षक र बोल्ड देखिने उनी मोडलिङका लागि सम्भावना भएकी युवती हुन् ।

