ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा ३५ हजार बढीको सहभागिता 

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा ३५ हजार बढीको सहभागिता 


काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । २३३ शाखा कार्यालयमार्फत सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा ३५ हजारभन्दा बढीको सहभागिता भएको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ ।

सातवटै प्रदेशमा सञ्चालित कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीको सहभागिता रहेको बैंकको भनाइ छ ।

बैंकका अनुसार कोशी प्रदेशमा ३ हजार ५ सय, मधेशमा २ हजार २ सय, बागमतीमा १५ हजार, गण्डकीमा ५ हजार ५ सय, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५ सय र सुदूरपश्चिममा २ हजार ५ सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

प्रतिक्रिया