ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी 

राम्रो अनलाइन     १० साउन २०८१, बिहिबार
ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी 


 काठमाडौं– ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । १० साउन बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले १ भदौदेखि लागू हुनेगरी रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

हालका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएसँगै बैंक सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बज्राचार्यले साउन अन्तिममा अवकास पाउँदै छन् ।

बैंकिङ क्षेत्रमा रेग्मीको ३ दशकभन्दा लामो अनुभव छ । उनले राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । बैंकको क्षेत्रीय कार्यालय, पोखराको शाखा प्रबन्धक हुँदै विभिन्न विभागमा बसेर काम गरेको अनुभव  रेग्मीसँग छ  । राष्ट्रिय वाणिज्य बैंकमा काम गर्दागर्दै छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वेल्समा एमबीए गर्न गएका थिए । त्यसपछि फर्किएर केन्द्रीय कार्यालयमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका छन् ।

पछिल्लो १६ वर्षयता रेग्मी ग्लोबल आईएमई बैंकमा कार्यरत छन् । उनले ग्लोबल आईएमई बैंकमा नायब प्रबन्धकबाट २०६५ मा सेवा सुरु गरेका थिए । तीन वर्षअघि बैंक सञ्चालक समितिले रेग्मीलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । त्यसअघि १३ वर्षसम्म उनले बैंकका विभिन्न विभागमा रहेर काम गरेका थिए ।

बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

उनको बैंकिङ क्षेत्रमा ३ दशक भन्दा लामो अनुभव छ । रेग्मीले राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । उनले बैंकको क्षेत्रीय कार्यालय, पोखराको शाखा प्रबन्धक हुँदै विभिन्न विभागमा बसेर काम गरेका थिए । राष्ट्रिय वाणिज्य बैंकमा काम गर्दागर्दै छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वेल्समा एमबीए गर्न गएका थिए। त्यसपछि फर्किएर केन्द्रीय कार्यालयमा काम गरेका थिए । 

प्रतिक्रिया