ग्लोबल आईएमई बैंकका कार्डवाहकलाई र्‍याडिसन होटलमा १५ प्रतिशत छुट 

राम्रो अनलाइन     १४ साउन २०८१, सोमबार
ग्लोबल आईएमई बैंकका कार्डवाहकलाई र्‍याडिसन होटलमा १५ प्रतिशत छुट 


काठमाडौं–ग्लोबल आईएमई बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताहरूले र्‍याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । उक्त समझदारीमा ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौंका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरूले र्‍याडिसन होटलले प्रदान गर्ने सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरूले र्‍याडिसन होटलमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौँले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरूबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउने छन् ।​

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ । 

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया