ग्लोबल आइएमई बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट पाउने 

राम्रो अनलाइन     ०७ असार २०८१, शुक्रबार
ग्लोबल आइएमई बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट पाउने 


काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलका सेवामा छुट दिने सम्झौता भएको हो । यो समझदारीसँगै उक्त हस्पिटलले दिने विभिन्न सेवामा बैंकका ग्राहकहरूले ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आरुष लाइफस्टाइल हस्पिटलमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्युरोड पोखरा, बर्गाछि विराटनगरस्थित शाखा कार्यालयबाट पनि उपलब्ध हुने सेवामा सम्झौता अनुसारका छुट पाउनेछन् ।

ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेका छन् । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया