ग्लोबल आइएमई बैंक–भण्डारा दुग्ध उत्पादक सहकारी सम्झौता

राम्रो अनलाइन     १३ माघ २०७७, मङ्गलबार
ग्लोबल आइएमई बैंक–भण्डारा दुग्ध उत्पादक सहकारी सम्झौता

काठमाडौं :  कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउन ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरे । 
सम्झौतापछि बैंकले भण्डारालगायत चितवनका विभिन्न ठाउँमा बाख्रा, कुखुरा, बंगुरपालन, डेरी, तरकारी खेती, माछापालन तथा विभिन्न तथा फलफूल उत्पादक किसानलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । 
भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानलाई आवश्यक तालिम व्यवस्था गर्नेछ । 
बैंकले हाल २ सय ६४ शाखा, २ सय ४० एटीएम, २ सय ४४ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा दिँदै आएको छ ।
 

प्रतिक्रिया