ललितपुर–बागमती प्रदेशको ललितपुरमा अवस्थित भारदेउ नेपालको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय मौलिक ग्रामीण बस्ती हो । कात्तिक महिना विशेष गरेर तोरी फुल्ने भएकाले यो ग्रामीण वस्ती पहेँलपुर देखिन्छ । शब्दमा वर्णन गर्न नसकिने सौन्दर्यले भरिपूर्ण छ भारदेउ ।

काठमाडौं उपत्यकाको दक्षिण भाग ललितपुरमा अवस्थित छ भारदेउ । यो गाउँ पुग्न सातदोबाटो ढोलाहिटी ठेचो सुनाकोठी चापागाउँ लेले हुँदै भारदेउ पुग्न करिब २१ कि मि दुरी तय गर्नुपर्छ गाउँको प्रमुख आकर्षणहरूमा गुप्तेश्वर गुफा, कोन्ज्योसोम झरना, मौलिक बस्ति र कोन्ज्योसोम प्रतिमा पर्दछन्। गुप्तेश्वर गुफा भारदेउमा अवस्थित रहस्यमय धार्मिक स्थल हो, जहाँ भगवान शिवको प्रतिमा स्वाभाविक रूपमा ढुंगामै बनेको पाइन्छ। गुफा भित्रको वातावरण अत्यन्तै शान्त र आध्यात्मिक अनुभूति दिने खालको छ। यस स्थानमा विशेष गरी बैसाख पुर्णिमा र शिवरात्रि भीड लाग्ने गर्दछ।

त्यस्तै, कोन्ज्योसोम झरना हरियालीले ढाकिएको पहाडको बीचबाट बग्ने आकर्षक झरना हो, जहाँ पुग्दा मानिसले प्रकृतिसँग नजिक भएको अनुभव गर्छन्। झरनाको वरिपरि हावाको शीतलता र चट्टानमा परावर्तित पानीको आवाजले मनलाई शान्त बनाउँछ। कोन्ज्योसोम प्रतिमा यस क्षेत्रको र
सांस्कृतिक प्रतीक हो, भारदेउमा तामाङ नेवार, र अन्य समुदायका मानिसहरू बसोबास गर्छन्,बिसेस गरि हिन्दु बौद्ध र क्रिस्चियन धर्मलम्बिहरु छन् ।

भारदेउ पुग्नका लागि काठमाडौंबाट निजी सवारी वा सार्वजनिक बस प्रयोग गर्न सकिन्छ। लगनखेलदेखि भारदेउ सम्म करिब २१ किलोमिटरको दूरी छ, जसलाई सवारी साधन अनुसार ४५ मिनेटदेखि १ घण्टा जति समय लाग्छ। सजिलै पुग्नु सक्ने सडक भएकाले मोटरसाइकल, कार वा स्थानीय बसबाट सजिलै पुग्न सकिन्छ। यात्रा क्रममा हरिया खेतबारी, सुन्दर गाउँ हिम दृस्याले अझै रमाइलो बनाउँछ। भारदेउ र कोन्ज्योसोम क्षेत्र प्रकृति,अध्यात्मको संगम भएकाले यो ठाउँ अवश्य भ्रमण गर्नुपर्ने गन्तव्य हो।