घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     ०२ फागुन २०८०, बुधबार
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– साताको चौथो दिन(बुधबार) सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज बुधबार १२ सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि आज तोलाको ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १३९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३६५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया