काठमाडौँ– साताको पाचौँ दिन (बिहीबार) सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
आजका लागि छापावल सुनको मूल्य १ लाख १८ हजार ४ सय, तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० र चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ । त्यस्तै, बुधबार १ लाख १८ हजार ६ सयमा छापावल सुन, १ लाख १८ हजार ५० रुपैयाँमा छापावल सुन र १ हजार ३७५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।