घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

राम्रो अनलाइन     २३ माघ २०८०, मङ्गलबार
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ– साताको तेस्रो दिन (मंगलबार) सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । 

आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० र चाँदीको मूल्य एक हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सोमबार एक लाख १८ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० र चाँदीको मूल्य एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रतिक्रिया