घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     ०४ माघ २०८०, बिहिबार
 घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ–  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । आज बिहीबार सुनको मूल्य  १ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै  चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया