काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १८ हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख १७ हजार ७५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ प्रतितोला तोकिएको छ ।
हिजो (बुधबार) छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो ।