घट्यो सुनको भाउ, कत्तिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     २७ मंसिर २०८०, बुधबार
घट्यो सुनको भाउ, कत्तिमा हुँदैछ कारोबार ?

काठमाडौँ– साताको सुन कारोबारको  चौथो दिन आज (बुधबार) पनि सुनको भाउ घटेको छ। आइतबारदेखि घट्न थालेको सुनको भाउले आन  पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो।मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।
 

प्रतिक्रिया