घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     २५ पुस २०८०, बुधबार
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– साताको चौँथो दिन आज (बुधबार) सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ । 

मंगलबार एक लाख १८ हजार ६ सय रुपैयाँमा छापावल सुन, एक लाख १८ हजार ५० रुपैयाँमा तेजावी सुन खरिद बिक्री भएको थियो । यस्तै, एक हजार ४१५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । 

प्रतिक्रिया