काठमाडौं– नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ३ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १७ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार २५० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मूल्य एक हजार ४५५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार एक लाख १९ हजार १ सय रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो भने एक हजार ४ सय ७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।