काठमाडौं– गायिका देविका वन्दना तथा गायक बाबुल गिरीको स्वरमा तयार भएको नयाँ यूगल गीत ‘मन पगालो तम्रै मायाले’ सार्वजनिक भएको छ । आइतवार नयाँ वानेश्वरस्थित इनि सिनेमाजमा आयोजित एक समारोहमा उक्त म्युजिक भिडियो प्रीमियर गरिएको हो । गोविन्द भट्टको शब्द, धनबहादुर गिरीको संगीत तथा संगीत संयोजन रहेको यो गीतमा सुशिल विक्रम शाहको माष्टरिङ तथा रेकडिङ छ ।
कविराज गहतराजको निर्देशन रहेको बनेको यो गीतको भिडियोमा दीपाश्री निरौला, यमन श्रेष्ठ, मेक्सम गौडेल तथा सुमन कार्कीलाई फिचर गरिएको छ ।
दुर्गा पौडेलको डिओपी रहेको भिडियोमा तेजु वाइबाको श्रृङ्गार गीता श्रेष्ठको हेयर तथा मित्र डी गुरुङको सम्पादन छ । गीतको भिडियो गायिका देविका बन्दनाको यूट्यूब च्यानल देविका वन्दनामार्फत सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक समारोहमा अनुराधा कोइराला, मिरा राणा, उषा शेरचन, दिनेश डिसी, निर्मल शर्मा, हेम सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।
अतिथिहरूले गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट रहेको भन्दै गायिका वन्दनालाई वधाई तथा शुभकामना दिएका थिए । १६ वटा भन्दा बढी गीति संग्रहहरु सार्वजनिक गरिसकेकी गायिका वन्दनाले भजन, फिल्म, आधुनिक, हिन्दी, मैथली, भोजपुरी, नेवारीसमेत गरेर एक हजारभन्दा बढी गीत रेकर्ड गराइसकेकी छिन् ।