गायिका अनु चौधरीले ल्याइन् ‘वाचा’ 

राम्रो अनलाइन     ०८ चैत २०८०, बिहिबार


पछिल्लो समय चर्चामा रहेकी गायिका अनु चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। ‘वाचा’ बोलको उक्त गीतमा अनुसँगै गायक अजित घिसिङ तामाङको स्वर रहेको छ।

अजितकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा मोडल विजय कार्की र अनिमा विश्वकर्मा फिचर्ड छन्। रोमान्टिक शैलीमा गाइएको यो प्रेमगीतमा विजय र अनिमाको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ। विशाल थापाको छायांकन, नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोलाई सुनील बुढाथोकीले निर्देशन गरेका छन्।

प्रतिक्रिया