एनसीएचएलले पायो बीपीए अवार्ड

राम्रो अनलाइन     ०७ साउन २०८१, सोमबार
एनसीएचएलले पायो बीपीए अवार्ड


काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड’ अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ ।

इन्स्टिच्युट्स अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) ले सञ्चालन गरेको वार्षिक कार्यक्रम अन्तर्गत सो पुरस्कार प्राप्त गरेको एनसीएचएलले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७९र८० का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरस्कार प्राप्त गरेको एनसीएचएलले जनाएको छ ।

अघिल्ला वर्षहरूमा समेत एनसीएचएलले आईक्यान तथा साउन एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) बाट ‘बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड’ प्राप्त गर्दै आएको छ ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूमार्फत प्रवर्द्धित कम्पनी हो ।

एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्फको प्रतिबद्धताको सम्मान स्वरूप उक्त अवार्डलाई लिएको जनाइएको छ ।

प्रतिक्रिया