एनआईसी एशिया बैंकले कमायो ३ अर्ब २५ करोड

राम्रो अनलाइन     ३० साउन २०७८, शनिबार
एनआईसी एशिया बैंकले कमायो ३ अर्ब २५ करोड

काठमाडौं : एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७७ \ ७८ मा ३ अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले बढी मूनाफा आर्जन गरेको हो ।

यस बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू= २६५ अर्ब पुर्‍याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च ९१२.६६ प्रतिशत बजार हिस्सा रहेको छ ।

आर्थिक वर्ष ०७७\ ७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ ।

यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रू. ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रू. २९८ अर्बपुर्‍याउन बैंक सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष ०७७\ ७८ मा वाणिज्य बैंकहरुमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब रू। २१\ ७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.१४ गुणा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी रू.२८.११ पुगेको छ ।

त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल १७।१४ प्रतिशत रहेको छ जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको अनुमान गरिएको छ । अघिल्लो आ। व। २०७६\ ७७ मा समेत यस बैंकको च्यभ् वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढीे थियो ।

प्रतिक्रिया