एनआई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकको अनलाइमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्थाअनुसार बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्ड प्रयोगमा ल्याएको हो ।
भिसा कार्डमा आधारित हुने यो कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटानबाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् । कार्ड लिन ग्राहकको केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ ।
यो सुविधामार्फत ग्राहकलाई स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्स प्लेटफर्ममार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।
उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्कबापत निश्चित रकम लिनेछ भने पहिलो पटक निःशुल्क डलर लोड गरिनेछ ।
ग्राहकले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५०० डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्ने बैंकले बताएको छ ।