एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

राम्रो अनलाइन     १४ साउन २०८१, सोमबार
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

 

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अपरान्ह १:०० बजे बस्ने भएको हाे।

पार्टीकाे विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन्।

प्रतिक्रिया