एकैदिन झण्डै ६ हजारले बढ्याे सुनकाे मूल्य

राम्रो अनलाइन     २८ चैत २०८१, बिहिबार

काठमाडाैं – बिहीबार एकैदिन ५ हजार ७ सय रुपैयाँले सुनकाे मूल्य बढेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेकाे हाे। 

सुनको यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ ।

प्रतिक्रिया