डिजिटल कारोबार निस्शुल्क बनाउँछौं : प्रधानमन्त्री ओली 

राम्रो अनलाइन     ३० भदौ २०८१, आइतबार
डिजिटल कारोबार निस्शुल्क बनाउँछौं : प्रधानमन्त्री ओली 


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार निःशुल्क बनाउने प्रतिवद्धता जनाएका छन्। आइतबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्कलाई निस्शुल्क बनाउन आफू लागिपर्ने बताएका हुन्।

आफूलाई नागरिकबाट मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्ज धेरै महगो भएको गुनासो आउने गरेको ओलीको भनाइ छ। यस विषयमा आफूले सम्बन्धित अधिकारीहरुसँग छलफल गरेर कारोबार गर्दा लाग्ने शुल्क निस्शुल्क बनाउने उनले बताएका छन्।

प्रतिक्रिया