देशकै सबभन्दा ठुलो क्षमताको ढल्केबर सबस्टेशनको सोमबार उद्घाटन हुने

राम्रो अनलाइन     १८ माघ २०७७, आइतबार

सबभन्दा ठुलो क्षमताको ढल्केबर सबस्टेसनको उद्घाटन सोमबार हुने भएको छ । सोमबारबाट पूर्ण क्षमतामा सञ्चालन हुने सबस्टेसनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनमा उर्जामन्त्री टोपबहादुर रायमाझी पनि जाने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले बताए । 

हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । कुल ४०० र २२० केभी क्षमताको सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर यो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेसनमध्ये सबैभन्दा ठूलो हो । सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न सकिएको छ । 

सबस्टेसनले विद्युत आयात/निर्यातमा सहज हुनेछ । माथिल्लो तामाकोशीको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि देशभित्र नै खपत गर्न सकिन्छ । यदि बढी भए यही मार्ग प्रयोग हुँदै निर्यात गर्न सकिनेछ । 

प्रतिक्रिया