दाङकी ऋतु थापा पेशाले चिकित्सक हुन् । नेपालमा एचए अध्ययन गरेकी उनले चीनबाट एमबीबीएस गरेकी छिन् । स्त्रीरोगमा विशेषज्ञता हासिल गर्ने योजना रहेको बताउने उनी मोडलिङमा रुची राख्छिन् । ‘एक समय थियो म डक्टर नभएर मोडल या अभिनेत्री हुन्छ भन्ने, ऋतु भन्छिन् ‘मोडलिङ सोचेजति सहज नभएपछि म चिकित्सक पढ्न थालेको हुँ ।’ आफ्नो रहरको क्षेत्र भएकाले भविष्यमा मोडलिङ गर्न इच्छा रहेको ऋतु बताउँछिन ।