दार्चुला जिप दुर्घटनामा मृत्यु हुनेकाे ८ पुग्याे

राम्रो अनलाइन     ३० कात्तिक २०८१, शुक्रबार
दार्चुला जिप दुर्घटनामा मृत्यु हुनेकाे ८ पुग्याे

 

काठमाडाैं – दार्चुलामा भएकाे जीप दुर्घटना परेर मृत्यु हुनेकाे संख्या ८ पुगेकाे छ। मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान शैल्यशिखर नगरपालिका–५को सिराडको खोलामा दुर्घटना भएकाे थियाे।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार ६ जनाकाे दुर्घटनास्थलमै मृत्यु भएकाे थियाे। भने, २ जनाकाे उपचारका क्रममा मृत्यु भएकाे हाे। मृत्यु हुनेमा शैल्यशिखर- ५ लेकगाउँका ३० वर्षीय विरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर- ९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका- ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहरा रहेका छन्।

त्यस्तै भारतीय नागरिक मोहम्मद सालीर र मोहम्मद बसीमको पनि मृत्यु भएकाे छ। दुर्घटनामा परेर घाइते भएका अन्य चार जनाकाे उपाचार भइरहेकाे छ।

प्रतिक्रिया