बजेट भाषण : प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
बजेट भाषण : प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर

काठमाडौँ–  अर्थमन्त्री वर्षमान पुनले नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर एक हजार ४५६ पुगेको बताएका  छन् ।

मंगलरबार सङ्घीय सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नुहुँदै उनले सो कुरा बताएका हुन् ।

आर्थिक वर्ष २०६४/६५ मा आठ खर्ब १५ अर्ब रुपियाँ कुल ग्राहस्थ उत्पादन चालु आर्थिक वर्षमा ५७ खर्ब पाँच अर्ब रुपियाँ हुने अनुमान छ । 

उनले प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर ४९१ बाट बढेर एक हजार ४५६ पुगेको छ ।

विद्युत उत्पादन सात सय मेगावाटबाट तीन हजार ६० मेगावाट पुगेको छ । यसबिच ५६.१ बाट बढेर  ९८ प्रतिशतमा विद्युत सेवामा पहुँच पुगेको छ ।

प्रतिक्रिया