बैंक अफ काठमाण्डू (बीओके) ले आफ्ना ग्राहकमाझ अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड सेवा’ सुरु गरेको छ ।
सुविधाअन्तर्गत बीओकेका खातावाल ग्राहकले हरेक वर्ष ५०० डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । यो सेवामा भारतबाहेक अन्य देशका ई–कमर्स साइटबाट एकैपटक वा पटक–पटक गरी ५०० डलरसम्मको वस्तु वा सेवाका लागि अनलाइन भुक्तानी गर्न सकिनेछ ।
इच्छुक ग्राहकले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन दिएर यो सुविधा उपभोग गर्न सक्ने बैंकले बताएको छ । हाल बैंकले ९० शाखा, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।