माघ– आज साताको चौथो दिन (बुधबार) सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (मंगलबार) तोलाको १ लाख १८ हजारमा कारोबार भएको सुन आज १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।