बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     १० पुस २०८०, मङ्गलबार
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– साताको तेस्रो दिन (मगंलबार) नेपाली बजारमा सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ।  

सोमबार १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख २० हजार ५ सय रूपैयाँमा कारोवार  भइरहेको छ। तेजाबी सुन १ लाख १९ हजार ९ सय  रूपैयाँमा कारोवार भइरहेको छ।  

यस्तै, आज चाँदीको मूल्य १० रूपैयाँले बढेको छ। सोमबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ८५ रूपैयाँमा कारोवार भइरहेको छ। 

प्रतिक्रिया