बढ्‌यो सुनको मूल्य 

राम्रो अनलाइन     २४ साउन २०८१, बिहिबार
बढ्‌यो सुनको मूल्य 

 

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

विहिबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ४६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय पुगेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १२ रुपियाँ घटेर १६९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया