बढ्यो सुनचाँदीको मूल्य,कत्तिमा हुदैछ कारोबार ?

राम्रो अनलाइन     २९ मंसिर २०८०, शुक्रबार
बढ्यो सुनचाँदीको मूल्य,कत्तिमा हुदैछ कारोबार ?

काठमाडौं– साताको अन्तिम दिन (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ । आजका लागि छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ ।

हिजो बिहीबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४००  र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया