बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति?

राम्रो अनलाइन     २५ भदौ २०८१, मङ्गलबार
बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति?

 

काठमाडाैं – नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो। यसअघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर १७६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया